सम्झनामा कृष्ण सेन ‘इच्छुक’ : आज १९ औं स्मृति दिवस

सम्झनामा कृष्ण सेन ‘इच्छुक’ : आज १९ औं स्मृति दिवस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  स्वतन्त्रताका सेनानी तथा वरिष्ठ पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज १९ औं स्मृति दिवस मनाइदै छ । निकै जोखिमपूर्ण संघर्षको समयमा उनले उत्पीडित वर्ग र समुदाय तथा परिवर्तनको पक्षको पत्रकारिताको नेतृत्व गरेका थिए ।

उनको सम्झनामा आज प्रेस संगठन नेपालले ईच्छुकको योगदानको कदर गर्दै श्रद्धासुमन व्यक्त गरेको छ । कृष्ण सेन इच्छुकलाई महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापा लगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या गरेका थिए ।

सेन हत्याको १५ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन । निष्ठा र आदर्शको लागि राजनीति तथा पत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै जनवादी आस्थाका केन्द्र बन्न पुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्थे ।वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए ।

सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । कोरोना संक्रमणका कारण आज कुनै पनि औपचारीक कार्यक्रम नभएपनि इच्छुकलाई सम्झिएर मनाइदै छ ।