काठमाण्डु – व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।
१५ दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा विराट अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा जटिलता उत्पनन्न भएपछि ४ दिन अगाडि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य समेत थिए । उनि सप्तकोशी एफएमको प्रवन्ध निर्देशकको जिम्मेबारीमा समेत रहेका थिए ।




प्रतिक्रिया