संसद विघटनको मुद्दाको सुनुवाईमा टायमकार्ड लागू, एक जना निवेदकलाई १० मिनेट

संसद विघटनको मुद्दाको सुनुवाईमा टायमकार्ड लागू, एक जना निवेदकलाई १० मिनेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाईका लागि टाइमकार्ड लागू गरेका छन् ।

शुक्रबारबाट संवैधानिक इजलासमा सुरु भएको सुनुवाईका क्रममा बोल्ने निवेदकका लागि टायमकार्ड लागू गरेका हुन् । प्रधानन्यायाधीश जबराले एक जना निवेदकका लागि १० मिनेटको समय दिएका छन् ।

निवेदकको संख्या धेरै भएपछि उनले टाइमकार्ड लागू गरेका हुन् । सुनुवाईका क्रममा निवेदककातर्फबाट ३० जना रहेका छन् । तर, वरिष्ठ अधिवक्तालाई उक्त समय लागू हुने छैन् ।

अहिले रिट निवेदक अधिवक्ता सन्तोष भण्डारीले बहस गरेका छन् । उनले आजै संवैधानिक इजलास पनि गठन गरेका थिए । आफूसहित पाँच जना न्यायाधीशलाई समेटेर प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठन गरेका हुन् ।