काठमाण्डु – सभामुख अग्नि सापकोटाले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमात्र यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिँदै उनले नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल भएको बताएका छन् ।
सभामुख सापकोटाले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरूको पहिलो कर्तव्य भएको समेत उल्लेख गरेका छन् ।




प्रतिक्रिया