१४ दलको आरोप : प्रधानमन्त्री ओली नेपाललाई भुटानीकरण गर्ने योजनामा लागे

१४ दलको आरोप : प्रधानमन्त्री ओली नेपाललाई भुटानीकरण गर्ने योजनामा लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका साना १४ पार्टीको संयुक्त मोर्चाबन्दी गरेका छन् ।

मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । यही जेठ १४ गते बसेको बैठकबाट संयुक्त मोर्चा बनाइएको हो ।

वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ ।

मोर्चाले प्रधानमन्त्री ओली एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेको आरोप लगाएका छन् । नागरिकतासम्बन्धी अध्यादेश पनि फिर्ता लिन माग गरेका छन् ।

‘अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।