सरकारविरुद्ध राजनीतिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

सरकारविरुद्ध राजनीतिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षी गठबन्धनले सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएर संविधान मिच्ने काम गरेको ठहर गरेको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले काम चलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान मिच्ने काम गरेको ठहर गरेको हो । त्यस्तै बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक लडाईं लड्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस महामारीबाट सुरक्षित हुँदै राजनीतिक रूपमा कसरी प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको बताए ।

‘कोरोनाबाट राजनीतिक रूपमा पनि कसरी प्रतिवाद गर्ने भन्नेबारे हामीले छलफल गरेका छौं । असंवैधानिक कदमका विरुद्ध क्याम्पेन गरेर अघि बढ्ने बारे कुराकानी भएको छ,’ पौडेलले भने ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, माधव नेपाल, भीम रावल, कृष्णबहादुर महरा सहितका नेताहरुको सहभागिता रहेको थियो ।