काठमाण्डु – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । आज परिवार साथी र शुभेच्छुकहरूले थापाको उपचार भइरहेपनि अवस्था खतरामुक्त नरहेको जनाएका हुन् ।
अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भैरहेको सूचनामा उल्लेख छ ।
‘उज्वल थापा कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराई विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको तपाईंहरूलाई अवगतै छ । यस क्रममा अहिले अस्पतालमा ECMO प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ । उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’
कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका उनको विगत तीन दिनदेखि भने नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया