काठमाण्डु – नेपाल चिकित्सक संघले अस्पताला चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमणको घटना बढ्दै गएको भन्दै गैरजमानती अपराधको कानुन अध्यादेश माफर्त ल्याउन माग गरेको छ ।
संघका महासचिव डा.बद्री रिजालले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति गर्न अध्यादेशमार्फत कानुन ल्याउन माग गरेका हुन् । यदि यसो नभए कडा आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले महामारीको अवस्थामा सरकारले अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको भौतिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै र सबै घटनाका दोषी माथि तत्काल २०७६/१२/२२ को मन्त्री परिषद निर्णयअनुसार कोभिड रोकथाम नियन्त्रण र उपचारको कार्यमा बाधा अबरोध पुर्याउने, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुको कार्यसम्पादनमा बाधा अवरोध गर्नेलाई हुने सरहको प्रचलित कानून बमोजीमको कारवाही गर्न र सोही निर्णयअनुसार पनि यस्ता अपराधिक क्रियाकलापलाई गैरजमानती अपराधको को रुपमा लिई संलग्न व्यक्तिमाथि तत्काल कारवाही गर्न अध्यादेश मार्फत यथाशीघ्र कानुन बनाइ सुरक्षाको सुनिश्चित गर्न संघ जोडदार माग गर्दछ ।’
कोरोना महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन नभएको र कार्यस्थलमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको संघले जनाएको छ ।





प्रतिक्रिया