काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । यास वायुको प्रभाव रहेकाले देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया