नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्दै

नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेबाट निष्काशनमा परेका वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

बिहीबारबाट सुरु भएको भर्चुअल बैठकमा बिहान ११ बजेबाट सुरु हुने नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । आजको बैठकमा हिजो बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आफ्ना भनाई राख्ने बताइएको छ ।

पछिल्लो समय नेकपा एमालेबाट अलग हुने तयारी गरिरहेको नेपाल समूहले केन्द्रीय  कमिटी सदस्यहरुको राय लिइरहेको छ । कतिपय केन्द्रीय सदस्यले पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीको भर पर्दा धोका हुने भन्दै नयाँ दल दर्ता गर्नुपर्ने सुझाव दिएका छन् ।