काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहका ४ जना नेताले कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्शी भएको भन्दै यस्ता वार्ता रोक्नुपर्ने बताएका छन् ।
नेताहरु जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला, र राजेन्द्र राईले झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिँदै २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको र यत्तिकै भरमा केपी ओलीसँग मिल्दा घरको न घाटको भइने भन्दै यस्ता वार्तामा नअल्मलिन सुझाव दिएका हुन् ।
‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, चार नेताद्धारा जारी सुझाव पत्रमा उल्लेख छ ।




प्रतिक्रिया