काठमाण्डु – सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट शुरु भएको मुद्धाको अर्को सुनुवाई अब २७ जेठमा हुने भएको छ ।
नागरिकता अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन् । शुक्रवार चारजना निवेदकका तर्फबाट बहस भएको छ । नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखेका छन् । रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् ।




प्रतिक्रिया