जनमोर्चाका सांसद थापालाई पदमुक्त गर्न माग गर्दै गण्डकीका सभामुखले दिए निवेदन

जनमोर्चाका सांसद थापालाई पदमुक्त गर्न माग गर्दै गण्डकीका सभामुखले दिए निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएका छन् ।

सर्वोच्चको फैसला विरुद्ध ३ वटा पुनरावलोकनका लागि निवेदन दर्ता भएको हो । गण्डकीका सभामुख नेत्रराज अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिएका हुन् ।

यस्तै थापाका विपक्षी राष्ट्रिय जनमोर्चा नेपाल र गण्डकी प्रदेश सभा सचिवालयले पनि पुनरावलोकनको माग गर्दै निवेदन दिएका छन् । तीनवटै निवेदन दर्ता भएको बताइएको छ । ती निवेदनका लागि बिहीबार पेसी तोकिएको छ ।

सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए । सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।