वरिष्ठ अधिवक्ता यादवले उठाए राष्ट्रपतिको भूमिकामाथि प्रश्न

वरिष्ठ अधिवक्ता यादवले उठाए राष्ट्रपतिको भूमिकामाथि प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवाले दर्ता गरेको रिट निवेदनको तर्फबाट बहस गर्दै अधिवक्ता यादवले सरकार बन्न नसकेको हो कि राष्ट्रपतिले बनाउँन नचाहेको हो ? भन्दै प्रश्न गरे ।

उनले धारा ७६को उपधारा ४ को प्रयोग नगरी उपधारा ५ मा जान नमिल्ने बताए । ७६ (५) अनुसार सरकार गठन गर्दा दलको ह्विप नलाग्ने बताउँदै उनले व्यक्तिलाई प्रधानमन्त्री बनाउन यो उपधाराको व्यवस्था गरिएको भन्ने जिकिर गरे। ।

‘त्यसैले संसद सदस्यको बहुमत लिएर गएको व्यक्तिलाई नियुक्त गर्नुपर्छ । राष्ट्रपतिको काम संविधानको पालना र संरक्षण गर्ने हो ।

यादवले १४९ जना सदस्यको हस्ताक्षर रहेको बताउँदै धारा ७६ को उपधारा ५ को सरकार गठन गर्दा त्यसमा पार्टीलाई जोड्न नमिल्ने उल्लेख गरे ।