संसद विघटन मुद्धामा ‘एमीकस क्युरी’ झिकाउन सर्वोच्चको आदेश (पूर्णपाठ)

संसद विघटन मुद्धामा ‘एमीकस क्युरी’ झिकाउन सर्वोच्चको आदेश (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक इजलासले संसद विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि ’एमीकस क्युरी’ झिकाउन आदेश दिएको छ ।

संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो । इजलासले संसद विघटन मुद्धामा सहयोगका लागि ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन बुधबारको सुनुवाइपछि जारी आदेशमा भनिएको छ ।

त्यस्तै अदालतले बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ । रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे  फैसला  असार दोस्रो साताभित्रै आउने भएको छ ।