प्रदेश २ सरकारमा कांग्रेसको ‘इन्ट्री’, तीन मन्त्रीको शपथ आजै

प्रदेश २ सरकारमा कांग्रेसको ‘इन्ट्री’, तीन मन्त्रीको शपथ आजै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ३ मन्त्रालयसहित कांग्रेस मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने भएको हो ।

मुख्यमन्त्री राउत र नेता यादवबीच आज भएको मन्त्रालय बाडफाँटमा यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको हो । उनीहरु तीनै जनाले आजै सपथ लिने बताइएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै केन्द्रको असर प्रदेश  सरकारमा देखिएको थियो ।