प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहणपछि प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले आजको बैठकमा नवनियुक्त मन्त्रीलाई बधाई तथा विभिन्न निर्देशन दिने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सात जना मन्त्री र एक जना राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् ।

नयाँ मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, राजकिशोर यादव उद्योगमा, नैनकला थापा सञ्चार, वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बाँनिया, प्रधानमन्त्री कार्यालय र आशा विक वनराज्यमन्त्री रहेका छन् ।