राजसंस्थालाई पाखा राखेर नेपालमा दिगो शान्ति सम्भव छैन: नेता लावती

राजसंस्थालाई पाखा राखेर नेपालमा दिगो शान्ति सम्भव छैन: नेता लावती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले त्रुटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नुपर्ने बताएका छन् ।

राप्रपाका कार्यसम्पादन सदस्य समेत रहेका लावतीले राजसंस्थालाई पाखा राखेर नेपालमा दिगो शान्ति सम्भव नभएको ठोकुवा गरे । उनले सुखी, खुशी र समावेशी नेपाल निर्माण गर्न राजसंस्था सहितको व्यवहारिक प्रजातन्त्र आवश्यक भएको जिकिर गरे ।

कार्यपालिका, व्यवस्थापिका, राष्ट्रपति, प्रधानमन्त्री मात्र नभएर पछिल्लो समय न्यायालय नै विवादको घेरामा परेको भन्दै चिन्ता व्यक्त गरे । हिन्दुराष्ट्र पक्षधरलगायत सबै नेपालीहरु एक ठाउँ बसेर वर्तमान संकट निवारण गर्नुपर्ने उनको भनाइ छ ।