शुक्रबार कुन राशिका लागि कति शुभ ?

शुक्रबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विसं २०७८ साल जेठ २८ गते शुक्रबार । इस्वी सन् २०२१ जुन ११ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेममा तीक्तता आउने तथा दाम्पत्य जीवनमा एकअर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । विद्या तथा प्रतिस्पर्धामा तपाईं अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  मायाप्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) खोज तथा अनुसन्धानमा उपलब्धिमूलक नतिजा नआए पनि आगामी दिनमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् ।