काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्।
प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्वसभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएक थिए।
सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त बैठक औचित्यहीन रहेको भन्दै प्रधानमन्त्री सहभागी नहुने बताएका हुन् ।




प्रतिक्रिया