राजीनामा दिँदै दीपक मनाङेले भनेः वैकल्पिक सरकार निर्माणमा सहयोग गर्छु

राजीनामा दिँदै दीपक मनाङेले भनेः वैकल्पिक सरकार निर्माणमा सहयोग गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लाई आफ्नो राजीनामा बुझाएका हुन् ।

उनले पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेशसभा विघटनको संघारमा पुग्ने स्थिति रहँदा जनताको विश्वासको थलो संसदलाई जिवित राख्नु जनताप्रति उत्तरदायी जनप्रतिनिधिको नैतिक उत्तरदायित्व भएकाले राजीनामा दिएको बताएका छन् ।

‘यस्तो परिस्थितिमिा सरकारको मन्त्री पदमा रहिरहनु भन्दा प्रदेश सभालाई बचाउनु उपर्युक्त हुन्छ भन्ने मलाई लागेको छ । त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकार निर्माण गर्ने उदेश्यले मुख्यमन्त्रीले प्रदेशमा राख्नुभएको विश्वासको मत लिने प्रस्तावमा निर्णयार्थ पेश भएको दिनमा अनुपस्थिति भएको हुँ,’ उनले भनेका छन् ।