काठमाण्डु – काठमाण्डु उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेबाट सकिँदैछ । डेढ महिनादेखि लगाइएको निषेधाज्ञा पुनः थप्ने विषयमा छलफल सुरु भएको छ
काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच निषेधाज्ञा केही दिन लम्ब्याएर जाने तयारी भएको छ ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद रिजालले आफूहरु छलफलमा रहेको जानकारी दिए । उनले तत्काल निषेधाज्ञा खोल्न नसकिने बताएका छन् ।
‘हामी निरन्तर छलफलमा छौं । कोरोना संक्रमणको अवस्था हेरेर केहीदिनभित्र टुंगो लगाउँछौं,’ उनले भने ।
यता गृहमन्त्रालयले पनि तत्कालै निषेधाज्ञा खुकुलो बनाउने तयारी नभएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोना संक्रमण जोखिम नघटेकाले सार्वजनिक सवारी साधन र अन्य पसलहरु सञ्चालन गर्ने तयारी नभएको बताए । उनले कृषकलाई राहत हुनेगरी निषेधाज्ञा खुकुलो बनाउने बताए ।
प्रवक्ता दाहालले भने, ‘खेतिपातीको समय सुरु भएको छ । कृषकका लागि राहत हुनेगरी निर्णय गर्छौं । सार्वजनिक सवारी साधन खोल्ने विषयमा सोचेका छैनौं ।’




प्रतिक्रिया