आइतबार २ हजार ४०७ जनामा संक्रमण पुष्टि

आइतबार २ हजार ४०७ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ । गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म  नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ ।

हाल देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ४६ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट ८ हजार ४१२ जनाको मृत्यु भएको छ ।