देशभर फैलियो मनसुनी वायु,यी स्थानमा वर्षाको सम्भावना

देशभर फैलियो मनसुनी वायु,यी स्थानमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । यो वर्षको मनसुन सक्रिय भएसँगै देशभर नै मनसुन फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको शुक्रबार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । उनीहरुले बाढी तथा पहिरो आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेका छन् ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक,दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।