काठमाण्डु – एम्नेस्टी इन्टरनेसनलले आफ्ना मतभेदहरुलाई अलग राखेर नागरिकको जीवन रक्षा गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
एम्नेस्टीले प्रेस ब्रिफिङ सार्वजनिक गर्दै कोभिड–१९ को घातक दोश्रो लहरलाई सामना गर्नु परिरहेको अवस्थामा राजनीतिज्ञहरूले हजारौँको जीवन रक्षाका लागि आफ्ना मतभेदहरूलाई अलग राखेर आगामी हप्तामा निर्णायक कदमहरू चाल्नुपर्ने बताएको छ । उक्त ब्रिफिङ्ले अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग उपलब्ध गराउनका लागि पनि आह्वान गरेको छ ।
गत पाँच महिनामा दुईपटकसम्म देशको संसद विघटन गर्नेगरी नेपालका नेताहरू आन्तरिक कलहमा सामेल भइरहेको बेला कोभिड–१९ भने व्यापक फैलिएको एम्नेस्टीको ठहर छ ।
साथै अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्वास्थ्य संरचनाहरू अहिलकै संक्रमण भारले कमजोर बन्न पुगेको बताइएको छ ।
‘हामीले एक महिनाअघि भारतमा जुनखालको हतास अवस्था देखेका थियौँ त्यस्तै अवस्था अहिले नेपालमा पनि देखिरहेका छौँ । अस्पतालहरूमा क्षमता भन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवा प्रणाली लड्खडाइरहेको छ र अत्यधिक कामको बोझमा रहेका र निराश लाग्दो तहको न्यून श्रोत साधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीहरूले अत्यासलाग्दो तहको आफ्नो मागलाई पूरा गर्न सकिरहेका छैनन्’, एम्नेस्टी इन्टरनेसनलकी एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले भनिन् ।
उनले नेपालका अधिकारीहरूले अहिले नै हजारौंको ज्यान बचाउन हालसम्मको निष्क्रियता र प्रशासनिक झगडाले अड्किरहेको अक्सिजनको खरिद र आपूर्तिलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । निर्देशक मिश्रकाअनुसार अन्तर्राष्ट्रिय समुदायले आफ्नो तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुहरूको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्दछ ।
हालैका महिनाहरूमा कोभिड–१९ द्रूत गतिमा नेपालभर फैलिएको छ र अहिले सातवटै प्रदेशमा व्यापक हुन पुगेको छ। सार्वजनिक स्वास्थ्य विज्ञहरूले मृत्युको सङ्ख्या कम आङ्कलन गरिएको विश्वास गरेकै अवस्थामा समेत सरकारी तथ्याङ्कअनुसार २४ जेठ सम्ममा कोभिड–१९ का कारण ७,९९० जनाको मृत्यु भएको अभिलेख गरिएको थियो जबकी इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले
दक्षिण एसियाका अन्य देशहरू जस्तै नेपालले पनि खोपको चरम अभावको सामना गरिरहेको र वैशाख २७ गतेसम्ममा नेपालको तीन करोड जनसंख्यामा २५ लाख भन्दा कमले त्यो पनि एक डोज मात्र खोप लगाएको बताइएको छ ।
‘कोभिड–१९ को यो घातक दोश्रो लहरविरुद्ध लड्न नेपाललाई तत्काल थप खोपको आवश्यकता रहेको छ । चीन र संयुक्त राज्य अमेरिकाले अहिले खोप दिने वाचा गरेका भएपनि यो मात्रै पर्याप्त हुन्न । अन्तर्राष्ट्रिय समुदाय एकसाथ अगाडि आउनु पर्दछ र खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि श्रोत साधन र प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नु पर्दछ’, यमिनी मिश्रले भनिन् ।
यस ब्रिफिङ्गमा २०७८ साल वैशाख १६ देखि जेठ ७ सम्मको अवधिलाई समीक्षा गरिएको छ । कोभिड–१९ को अवस्था नेपालमा दैनिक रूपमा परिवर्तन भइरहेको छ र जेठ पहिलो सातादेखि अभिलेख गरिएको सङ्क्रमण सङ्ख्या जेठ २४ मा आइपुग्दा केही कम हुँदै गइरहेको देखिन्छ । यद्यपि, यस ब्रिफिङ्गमा उल्लेख गरिएका अत्यन्त जरुरी आवश्यकताका कुराहरू नेपालका लागि सान्दर्भिक नै रहने छन् किनकी देशैभर फैलिएको उच्च सङ्क्रमणको भारलाई नेपालले अहिले पनि उसैगरी सामना गरिरहेको एम्नेष्टीले जनाएको छ ।




प्रतिक्रिया