गण्डकी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

गण्डकी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबारको प्रदेश सभा बैठकमा कोभिड–१९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम पेस गरेकी हुन् ।

प्रदेशमा कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउने, कोरोनाका कारण सिर्जना भएका समस्या हल गर्ने, प्रदेशका सम्पूर्ण नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। महिलाको स्तन क्यान्सर, पाठेघर र आङ खस्ने समस्याको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको असरलाई सम्बोधन गर्ने तथा सरकारले कोरोनाका कारण बाबुआमा र परिवार गुमाएका बालबालिका र आफन्तलाई नगद राहतको व्यवस्था गर्ने छ।