ओली समूहका सात सांसदलाई निलम्बन गर्ने एमाले संसदीय दलको निर्णय


काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सात जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको माधव नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा अ‍ोली समूहका सात जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ओली पक्षका ७ जना सांसदलाई ७ र १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

यसअघि नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान नगर्ने सात जना सांसदलाई स्पष्टिकरण सोधेको थियो ।

सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएका थिए ।

ओली पक्षका सांसद पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, गेल्वुसिंह बोहरा, माया तामाङ बोहरा र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement