काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षीय कार्यकारिणी सदस्यलाई मात्र बोलाइएको छ ।
बैठकमा महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यलाई नबोलाइएको नेता राईले जानकारी दिए । उनकाअनुसार ठाकुरसहित नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बोलाएको छैन् ।
पछिल्लो समय पार्टीभित्र देखा परेको विवाद र अन्य राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए । साथै आजको बैठकमा निर्वाचन आयोगको निर्णयबारेसमेत छलफल हुनेछ ।
५१ सदस्यीय मध्ये ४३ जनालाई बैठकमा बोलाइएको छ ।




प्रतिक्रिया