नेपाली जनताले भोकै मर्नु पर्दैन : प्रधानमन्त्री ओली

नेपाली जनताले भोकै मर्नु पर्दैन : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हटौँडा – प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताएका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।” नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देश र जनताका लागि सरकार छ ।”

हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उनले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गरे ।

छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाइका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको बताउँदै उनले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकारको ध्यान सुखी नेपाली बनाउने र पाँच वर्षको नयाँ अभ्यासमा नेपाललाई पूर्णरुपमा आर्थिक समृद्धिको उचाइमा पु¥याउनेछ भने, ।