काठमाण्डु — सेयर बजार मापक नेप्से परिसूचक आज पनि १६.९७ अंकले ओरालो लागेको छ । उक्त अंकले ओरालो लागेपछि नेप्से परिसूचक २ हजार ८४३ अंकमा कायम भएको छ ।
आज सेयर बजारमा कारोबार रकम पनि ओरालो लागेको । आज ७ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो ११ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । त्यो तुलनामा आज भने कारोबार रकम निकै कम हो ।
आज होटल तथा पर्यटन समूह ४१ अंकले बढेको छ भने जलविद्युत समूह ५५ अंकले उकालो लागेका छन् । बैंकिङ ७, ब्यापार २६, विकास बैंक ७२, फाइनान्स २९, निर्जीवन बीमा १७७, उत्पादन ४१, अन्य ३०, माइक्रोफाइनान्स ४९ र जीवन बीमा समूह १४३ अंकले ओरालो लागेका छन् ।
आज माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेको छ । उक्त वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ पुगेको छ । त्यसबाहेक अरु मूल्य बढ्ने कम्पनीको वृद्धिदर ३ प्रतिशतमुनि रह्यो ।
समृद्धि फाइनान्स, रुरु हाइड्रो, कृषि विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, रिडी हाइड्रोपावर र ओरेन्टल होटलको मूल्य २ प्रतिशतले बढेको छ ।
ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशतले घटेको छ । बरुण हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य ४ प्रतिशत धेरैले घट्यो ।




प्रतिक्रिया