सर्वोतम सिमेन्टले ६० लाख कित्ता आइपीओ जारी गर्दै,२० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

सर्वोतम सिमेन्टले ६० लाख कित्ता आइपीओ जारी गर्दै,२० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणका लागी ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।

बिहीबार सम्पन्न सभाले शेयरको संरचना समेत परिवर्त गर्ने निर्णय गरेको छ । संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात ८७.१० : १२.९० हुने गरी मिलान गर्ने ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने निर्णय कम्पनीले गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६।७७ सम्मको मुनाफावाट १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६% नगद लाभांश प्रदान गर्ने निर्णय समेत गरेको छ।

सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ।