अमेरिकामा १२ तले भवन खस्याे, बेपत्ता हुनेको संख्या १ सय ५९ पुग्यो

अमेरिकामा १२ तले भवन खस्याे, बेपत्ता हुनेको संख्या १ सय ५९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको मियामीमा १२ तले भवन खसेपछि बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ । यस घटनामा ४ जनाको मृत्यु भइसकेको छ । मियामीका मेयर डेडीले बाँचेकाहरू भेटिने आश अझै बाँकी रहेको जानकारी दिएका छन् ।

उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको र जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको खबर प्राप्त भएको मेयरले बताए । बिहीबार बिहानै के कारणले यो ४० वर्ष पुरानो भवन ध्वस्त भयो भन्ने स्पष्ट भइसकेको छैन । यो भवन ढल्दा कतिजना मानिसहरु त्यहाँ थिए भन्ने पनि खुलिसकेको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडामा आपतकाल घोषणा गरिसकेका छन् । अब, संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फिमा) ले उद्धार कार्यमा राज्यका एजेन्सीहरुलाई सहयोग गर्नेछ ।