काठमाण्डु – विश्व स्वास्थ्य संयगठन (डब्ल्यूएचओले) कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्टबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
नेपालसहित विश्वभर फैलने क्रममा रहेको कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टाको संक्रमणबाट जोगिन मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरीलाई कायम राख्न आग्रह गरेको हो । पहिलोपटक भारतमा भेटिएको कोरोना भाइरसको डेल्टा प्रजाति अहिले नेपालसहित अन्य मुलुकमा फैलिएको छ ।
यस प्रजातिलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्न (संवेदनशिल प्रजाति) नाम दिएको छ । नेपालमा त डेल्टाको उत्परिवर्तन डेल्टा प्लस समेत भेटिएको छ ।
डब्लुएचओका बरिष्ठ सल्लाहकार ब्रुस एलवार्डले पुरै डोज खोप लगाइसकेकाले पनि मास्क लगाउनुपर्ने जरुरी रहेको बताएका छन् ।




प्रतिक्रिया