जसपा नेता श्रीवास्तव भन्छन् : पार्टीमा मिल्ने/नमिल्ने वातावरणले तय गर्छ

जसपा नेता श्रीवास्तव भन्छन् : पार्टीमा मिल्ने/नमिल्ने वातावरणले तय गर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षिय नेता बिमल प्रसाद श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको साथ नछोड्ने बताएका छन् । १८ दिनसम्म श्रम, रोजगार तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका नेता श्रीवास्तवले ओलीलाई दिएको समर्थन कायमै राख्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटनपछि जसपा ठाकुर पक्ष ओली सरकारमा सहभागी भएको थियो । तर कामचलाउ सरकारले मन्त्रीपरिषद विस्तार गर्न नपाउने सर्वोच्चको आदेशसंगै जसपाका मन्त्रीहरु पदमुक्त भएका छन् । प्रधानमन्त्री ओलीले आफुहरुका कतिपय माग पुरा गरेकाले ओलीप्रति आफुहरुको साहनुभुति रहने बताए ।

काठमाण्डुपाटीसँगको कुराकानीमा उनले भने, ‘ओलीजीलाई साथ दिनुको अर्थ के हो भने हाम्रो मागहरू कतिपय उहाँले पुरा पनि गरिदिनु भयो भने कतिपय पुरा हुने क्रममा छन् । उहाँले आफ्नो तर्फबाट कुनै कमी गर्नुभएको छैन त्यसैले उहाँप्रति हाम्रो सहानुभुती हुन्छ । ओलीजीले हाम्रो माग पुरा गरिदिनु हुन्छ भन्नेमा विश्वास छ । उहाँले गर्न सक्ने जति सहयोग गर्नु भएको छ । तत्काल हामी ओलीजीलाई नै साथ दिन्छौं ।’

ठाकुर पक्षले प्रधानमन्त्रीलाई साथ दिएकै कारण जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारीकता पेस गर्दै निर्वाचन आयोगमा दाबी पेश गरेका छन् । बहुमत कार्यकारीणी सदस्यको हस्ताक्षर सहित यादव पक्ष निर्वाचन आयोग पुगेको हो । प्रधानमन्त्री ओलीकै कारण जसपा दुई धारमा विभाजित छ ।

यद्यपि पार्टी एकताको प्रयास भने जारी रहेको नेता श्रीवास्तवले बताए । उनले भने, ‘पार्टी एकताको बारेमा छलफल चलिरहेको छ । व्यक्तिगत दुस्मनि त कसैसँग छैन । मिल्न पनि सकिन्छ नमिल्न पनि सकिन्छ । त्यो त वातावरणले कस्तो भन्छ त्यसमा नै भर पर्छ । तर प्रधानमन्त्री ओलीजीसँग त सहकार्य निरन्तर भइरहन्छ ।’ सर्वोच्चको आदेशका कारण पदमुक्त भएकाले प्रधानमन्त्री ओलीलाई दोष दिन नमिल्ने उनको भनाइ छ ।