काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको आरोप लगाएका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले ओलीले भन्दा बढी गलत काम राष्ट्रपति भण्डारीले गरेको आरोप लगाएका हुन् ।
‘राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटनगर्नुभयो,’ देउवाले भने, ‘अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ ।’
उनले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफूहरु संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत समक्ष पुग्न बाध्य भएको प्रष्ट पारे । देउवाले माधव नेपालको प्रशंसा गर्दै उनीमाथि धोका नहुने बताए । नेपाललाई ओली पक्षबाट प्रधानमन्त्रीको अफर आएको सन्दर्भमा उनले माधव नेपाल लडाकु मित्र भएको बताए । उनले भने–‘माधवजी लडाकु मित्र हो । उहाँलाई पनि कुनै धोका हुदैन । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ ।’




प्रतिक्रिया