आइतबार कुन राशिका लागि कति शुभ ?

आइतबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल असार १३ गते । आइतबार । इस्वी सन् २०२१ जुन २७ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर १०९ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरूभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ ।आफूले सोचेका तथा चाहेका वस्तुहरूको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । प्रेममा सफलता तथा सामीप्यता बड्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  दाजुभाइ तथा आफन्तको सहयोगल राम्रा काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् । तर पनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीको सहयोग पाइने छ । अध्ययनमा विद्यार्थीले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन तान्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)  आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइती बीच सामान्य कुरामा राय बाजिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । धर्मकर्ममा मन जानेछ । सरकारी स्तरमा तपाईंको प्रभाव बढ्ने हुनाले समयमा कामहरू बन्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) प्रतिस्पर्धीहरू परास्त हुनेछन् । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ ।