काठमाण्डु – नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकले क्रियाशिल सदस्यको टुंगो लगाउने तयारी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ बाट शुरु हुँदैछ ।




प्रतिक्रिया