८२ वर्षीय वृद्धले पाए ५० वर्षपछि पहिलो प्रेम

८२ वर्षीय वृद्धले पाए ५० वर्षपछि पहिलो प्रेम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – मायाको कुनै सिमा हुँदैन । साचो मायाले नत उमेर हेर्छ, नत जात, नत रंग नै हेर्छ । साच्चै नै माया अन्धो हुन्छ ।तपाईलाई विश्वास लाग्दैन भने आउँनुस ८२ वर्षीय गेटकीपरको कहानी पढौं ।

भारतको राजस्थानका ८२ वर्षीय गेटकीपरले ५० वर्ष पछि उनले आफ्नो पहिलो प्रेम पाएका छन् । ह्युमन्स अफ बाम्बेलाई उनले दिएको जानकारी अनुसार ३० वर्षको उमेरमा अष्ट्रेलियाकी युवती मरीनासँग पहिलो नजरमा माया बसेको थियो । उक्त समयमा मरीना ५ दिनको ट्रिपमा राजस्थान घुम्न आएकी थिइन् । त्यसैबेला उनीहरुबीच माया बसेको थियो ।

गेटकिपरले भनेका छन्, ‘मरीना ५ दिनको लागि राजस्थान घुम्न आएकी थिइन् । घुम्ने क्रममा हामीहरु दैनिक भेट्ने गर्थौं । जब जानेबेला मरीनाले आइ लव यु भनिन् त्यतिबेला मेरो गाला लाजले रातोपिरो भएको थियो । मलाई त्याभन्दा पहिला कसैले आइ लव यु भनेको थिएन । त्यो बेला म एक शब्द नि बोल्न सकेको थिइँन ।’

गेटकीपर ऋण लिएर अष्ट्रेलिया घुम्न गएका थिए । उनलाई  त्यहाँ मरीनाले अंग्रेजी भाषा र नृत्य सिकाएकी थिइन् । त्यसैबेला गेटकीपरलाई मरीनाले विवाहको प्रस्ताव राखेकी थिइन् । गेटकीपर अष्ट्रेलिया घुम्न जाँदा मरीनाले विवाह गर्न प्रस्ताव राखेपछि उनी भारत फर्किएका थिए ।

मरीना अष्ट्रेलिया छाड्न चाहँदैनथिइन् भने गेटकीपरले आफ्नो परिवार छाड्न चाहदैनथे । मरीनाको विवाहको प्रस्ताव अस्विकार गरेर भारत फर्किएका गेटकिपरले पारिवारीक दबाबमा विवाह गरे । विवाहपछि उनी काम गर्न थाले । विस्तारै उनले मरीनालाई बिर्सन थाले ।

हाल उनको छोराहरु ठुला भएर छुट्टै बसेका छन् भने पत्नीको पनि निधन भइसकेको छ । उनले मरीनाको घरबार भएको सोचे पनि ५० वर्षपछि गेटकीपरलाई प्रेम पत्र पठाएकी छन् । पत्रमा गेटकीपरलाई धेरै समयसम्म खोजेको उल्लेख गरेकी छिन् । उनीहरुको हाल फोनमा दैनिक कुरा हुन्छ । गेटकिपरले चाडै नै मारिया भारत आउने बताएका छन् ।