काठमाण्डु – कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी मानिएको रेम्डेसिभिरको उत्पादन नेपालमै सुरु भएको छ ।
अब संक्रमितको उपचारमा आवश्यक पर्ने रेम्डेसिभिर विदेशबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ । उक्त औषधि उत्पादनका लागि नेशनल हेल्थकेयर प्रा.लि.ले वैशाख ३१ गते नै अनुमती पाएको थियो ।
नेशनल हेल्थकेयरले असार १३ गतेबाट मार्केटिङ लाइसेन्ससमेत पाएको छ । नेपालमा रेम्डेसिभिरको नाम ‘रेमसिभिर’ राखिएको छ । उक्त औषधिको मूल्य प्रति भायल ३५ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
‘रेमडिसिभिर लियो फिलिज्ड् इन्जेक्सन’ नेशनल हेल्थकेयरको मार्केटिङ डिभिजन ‘ओटिभा’ बाट नेपालभर ‘ओटिभा डिभिजन’का डिस्ट्रीब्यूटर्सहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।





प्रतिक्रिया