सुनको मूल्य घट्यो, कति पुग्यो ?

सुनको मूल्य घट्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले ओरालो लाग्दै घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।