काठमाण्डु — अमेरिकाका शीर्ष कमान्डर जनरल अस्टिन स्कट मिलरले हिंसा बन्द नगरे हवाइ हमला गर्ने तालिवानीलाई चेतावनी दिएका छन् ।
उनले अफगानिस्तानको सुरक्षा स्थिति खराब हुँदै गएकोमा चिन्ता व्यक्त गरे । तालिवानीले अफगानिस्तानका ४०० मध्ये १०० जिल्लामा कब्जा गरिसकेको छ ।
मिलर भनेका छन्,‘म हवाई हमला भएको देख्न चाहन्न । तर यसका लागि तालिवानीले सबै प्रकारका हिंसा त्याग्नु पर्दछ । अमेरिकी सेनाको साथमा अझै पनि यति धेरै क्षमता छ कि उग्रवादीको विरुद्धमा दमदार हवाई हमला गर्न सक्दछ ।’
केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले अब अफगानिस्तानका नागरिकले आफ्नो भविष्य आफैंले तय गर्नुपर्ने बताएका थिए । अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेसँगै तालिवानीहरूले विभिन्न जिल्लामा कब्जा जमाउँदै आइरहेका छन् ।




प्रतिक्रिया