काठमाण्डु – पछिल्ला केही दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्से कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार दोहोरो अंकले बढेको छ । नेप्से आज १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको छ ।
आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । बैंकिङ समूहको शेयर तीन, विकास बैंकको एक सय ५२, व्यापारको १९, होटल समूहको एक सय ३८ र जलविद्युत् समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको शेयर ६३, माइक्रो फाइनान्स र उत्पादनको दुई/दुई, अन्यको ३७, जीवन बीमा समूहको ७४ र लगानी समूहको शेयर एक सय ७ अङ्कले बढेको छ ।
आज दुई सय २४ कम्पनीका तीन करोड २८ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ३० करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा ओरियण्टल होटल, गुडवील फाइनान्स कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यसैगरि, कुमारी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । जसको शेयरमूल्य करिब चार प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।




प्रतिक्रिया