बंगलादेशमा दोस्रोपटक लकडाउन घोषणा

बंगलादेशमा दोस्रोपटक लकडाउन घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमण बढेसँगै बंगलादेशमा आजदेखि एक साता लकडाउन गरिएको छ । बंगलादेशमा कोरोना सक्रमितको संख्यामा वृद्धि भएपछि लकडाउनमा कडाइ गरिएको यो दोस्रोपटक हो ।

यसपटकको लकडाउनको नियम पहिलेको तुलनामा निकै कडा गरिएको छ । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि भएको हो ।