निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड ८३ लाखको सहमति

निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड ८३ लाखको सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति दिएको छ ।

शुक्रबार अर्थ मन्त्रालयले संसदीय निर्वाचनका लागि आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति दिएको हो ।

अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने  जानकारी दिएको छ ।

सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गते निर्वाचनको घोषणा गरेको छ ।