बढ्यो सुनको मूल्य, तोलामा कति ?

बढ्यो सुनको मूल्य, तोलामा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ ।

शुक्रवार प्रतितोला ९१ हजार ३ सय कायम रहेको सुनको मूल्य आज तोलामा २ सय रुपयाँले उकालो लागेको छ । आइतबार सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी तेजावी सुनको मूल्य ९१ हजार रहेको छ । शुक्रवारको तुलनामा आइतबार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले उकालो लागेको छ ।

आज चाँदीको मूल्य १ हजार ३ सय २५ रुपयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।