काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । व्यापार, उत्पादन, म्युचल फन्ड, अन्य र लगानी समूहबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा झरेको छ ।
आज बैंकिङ समूहको शेयर सात अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर एक सय दुई अङ्कले, जलविद्युतको ५३, फाइनान्सको ५७, माइक्रोफाइनान्सको ३४, जीवन बीमा समूहको एक सय ३६ र निर्जीवन बीमा समूहको शेयर एक सय ५६ अङ्कले घटेको छ ।
आज दुई सय २४ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४१ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो । छ्याङ्दी हाइड्रोपावरको समेत ७ प्रतिशतले मूल्य बढेको छ ।
गुर्खाज फाइनान्सको ६ प्रतिशतले मूल्य घट्दा कर्णाली डेभलपमेन्ट बैकको ५ प्रतिशतले मूल्य घटेको छ । नेशनल हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया