ओली-नेपाल भेटवार्तामा विष्णु पौडेलको ‘इन्ट्री’

ओली-नेपाल भेटवार्तामा विष्णु पौडेलको ‘इन्ट्री’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । अध्यक्ष ओली र नेता नेपालबीच नक्सालस्थित होटल मेरियटमा भेटवार्ता सुरु भएको हो ।

सोमबार, मंगलबार र बुधबार बसेको कार्यदलको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो । ओली नेपालको भेटवार्तामा उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेल पनि पुगेका छन् ।

एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भइरहेका बेला पौडेल पनि मेरियट पुगेका हुन् ।  यसअघि गत वैशाख ७ र ८ गते पनि दुई नेताबीच होटेल मेरिएटमै छलफल भएको थियो ।

पछिल्लो समय पार्टीमा विवाद बढ्दै गएपछि ओली र नेपालबीच भेटवार्ताको पहल भइरहेको थियो । तर नेता नेपालले भेटवार्ता अस्वीकार गर्दै आएका थिए ।

गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भएको थियो । तर उक्त टेलिफोन वार्ता पनि सकारात्मक हुन सकेको थिएन ।

अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् भने नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका छन् ।