नर्भिक अस्पतालमा आइभिएफ सेवा सुरु

नर्भिक अस्पतालमा आइभिएफ सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वंशाणुगत रोग पत्ता लगाउने प्रि–जेनेटिक डाइग्नोसिससहितको ल्याब सहित आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याएको छ ।

बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टोलीले आइभिएफ सेन्टरको नेतृत्व गर्नेछ ।

विभिन्न कारणले सन्तान नभएकाहरुका लागि समस्याको पहिचान गरि समाधान गर्ने अपेक्षा गरिएको छ । वंशाणुगत रोग छ कि छैन् भन्ने पहिचानका भारत जानुपर्ने बाध्यता हटेको स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले जानकारी दिइन् ।

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।