सुनको मूल्य बढ्यो, तोलामा कति ?

सुनको मूल्य बढ्यो, तोलामा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला १०० रुपैयाँले उकालो लागेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै आज तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले नै उकालो लागेपछि प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले ओरालो लागेको छ ।

हिजाे प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।