रामचन्द्र पौडेल पक्षका नेता आन्तरिक छलफलमा

रामचन्द्र पौडेल पक्षका नेता आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसंगै नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्र देखिएको क्रियाशील सदस्यता विवाद सबैको चासोको बिषय बनेको छ ।

आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् ।

काठमाण्डुको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी लगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङ लगायतसँग छलफल गरेका हुन् ।

भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको कांग्रेसले साउन १२ मा वडा अधिवेशन गर्दैछ ।नेतृत्व आफ्नो पक्षमा पार्न नेताहरु कसरतमा छन् ।